शान्ति वन स्थानीय उपभोक्तालाई हस्तान्तरण




५ फागुन, पथरी।
मोरङको पथरीशनिश्चरे १ स्थित शान्ति सामुदायिक वन स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला वन कार्यालय मोरङका प्रमुख दीपक ज्ञवाली, क्षेत्रीय वन निर्देशक रामबाबु शाहको उपस्थितिमा सभाषद चण्डी प्रसाद राईले बनको प्रमाण-पत्र तथा कार्ययोजना समितिका अध्यक्ष कुलबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् । सोमबार जिल्ला बन कार्यालय मोरङको बिशेष निर्णयबाट वन हस्तान्तरण गर्ने प्रक्रियालाई आज पूर्णता दिइएको हो ।



कार्यक्रममा उपस्थित शिक्षा मन्त्रालयका उपनिर्देशक बिजेन्द्र राईले जल, जंगल, जमिन तथा प्राकृतिक स्रोत साधन संरक्षण गर्न सुझाव समेत दिएका थिए । उनले वन एक पुस्तालाई मात्रै नभएर भावी सन्ततिको लागि पनि संरक्षण गरिदिनु पर्ने भएकोले उक्त विषयलाई गम्भीर भएर संरक्षणको लागि पर्न उपभोक्तालाई हार्दिक धन्यबाद समेत दिएका थिए ।
यसैगरी सभाषद चण्डी प्रसाद राईले स्रोत साधन समुदायको हितका लागि प्रयोग गर्दै शक्तिमा रुपान्तरण गर्नु पर्ने सुझाए। जिल्ला वन कार्यालय मोरङका अधिकृत दिपक ज्ञवालीले बन खेती जस्तै भएको तर कृषि जस्तो नभएको जनाए ।
शान्ति सामुदायिक बन उपभोक्ता समितिको कार्यालयमा भएको हस्तान्तरण कार्यक्रममा वन सबैजना भएर संरक्षण गरिने समितिका अध्यक्ष कुल बहादुर गुरुङले प्रतिबद्धता जाहेर गरे ।
उपभोक्ताहरुले दाउरा काठको लागि मात्रै बन नभएको भन्दै पृथ्बीमा भएका हरेक प्राणीको जीवनको बचाउन समेत आवश्यक भएकोले बैज्ञानिक बन ब्यबस्थापन गरिने जनाए।
अहिलेसम्म मोरङ जिल्लाभरि ९५ वटा वन स्थानीय समुदायलाई हस्तानतरण भइसकेका छन् ।




Comments