पञ्चायत उमाविमा विज्ञान प्रदर्शनी



३ फागुन, पथरी।
मोरङ पथरीशनिश्चरे १ मा अवस्थित पञ्चायत उच्च माविमा कक्षा ११ र १२ का विद्यार्थीहरुले २ दिने विज्ञान प्रदर्शनी सुरु गरेका छन् ।
आइतबार पञ्चायत उच्च माविकै परिसर पथरीशनिश्चरे नगरपालिका भित्रका विज्ञान संकाय अध्यापन गराउने विद्यालयहरुलाई उछिन्दै यस क्षेत्रमा पहिलो पटक यस किसिमको प्रदर्शनी भएको हो ।
फागुन ३ र ४ गते सञ्चालन हुने विज्ञान प्रदर्शनीमा विद्यालयमा अध्ययरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञानसम्वन्धी विभिन्न सामाग्रीहरूको प्रदर्शन गरिनेछ। प्रदर्शनीको सोही विद्यालयका पूर्व प्राचार्य तथा मोरङ क्षेत्र नं. २ का सभाषद् चण्डी प्रसाद राईले उद्घाटन गरे ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले निर्माण गरेका क्रेन, हाइड्रोपावर, केबलकार, हाइड्रोलिक रकेट, सोडियम बमलगायतका ७० वटा सामग्रीहरू २० वटा स्टलमार्फत प्रदर्शनमा राखिएका छन् ।
करिब २० हजार दर्शकले अवलोकन गर्ने आँकलन गरिएको प्रदर्शन कार्यक्रम सभाषद चण्डी प्रसाद राईले स्प्राइटको खाली प्लाष्टिकको बोत्तलबाट निर्मित रकेट आकाशतिर उडाउँदै उद्घाटन गरेका थिए ।



के ग्रुपबाट निर्मित रकेट नाम दिएको प्लाष्टिककै खाली बोत्तलमा हावा र पानीको माध्यामबाट बोतललाई आकासतर्फ उडाएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो। उक्त रकेट के ग्रुपका सौरभ निरौला, उज्वल लकान्द्री, रुपेश कार्की, समर लिम्बू र आशिष निरौलाको संयुक्त प्रयासले निर्माण गरिएको विद्यार्थी निरौलाले जनाए ।
यसैगरी ग्रुप बि ले निर्माण गरेको सोडिएम बम गुञ्जन साहा, गुञ्जन भण्डारी, सुशील कार्की, वनिष खड्का र सलिना राईले निर्माण गरेका हुन् । पानीसँग मिसाएर सामान्य आवाज फ्याँक्ने सोडियम आर्कषणको केन्द्र बिन्दु मानिएको थियो ।
विज्ञान प्रदर्शनीमा जिल्ला शिक्षा अधिकारी दिब्यराज कट्टेल, विब्यसका पूर्व अध्यक्षहरु बिरबहादुर बस्नेत, तिलक वान्तवा र देबराज भण्डारी, पथरी बहुमुखी क्याम्पसका उपाध्यक्ष दिनानाथ तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आइतकुमारी तुम्बापो राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य बिज्ञान संकायको प्रमुख बुद्धिनाथ अधिकारीले गरेका थिए । विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले कार्यक्रमको सञ्चालन गरेका थिए ।





Comments