लखनपुरमा सिपमूलक सिलाईबुनाई तालिम



१७ माघ, लखनपुर।
झापाको लखनपुरमा आजदेखि महिलाहरुका लागि सिपमूलक सिलाईबुनाई तालिम सञ्चालन गरिएको छ । लखनपुर-१ स्थित सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाले स्थानीय महिलाहरुलाई पाँच महिने सिलाईबुनाई तालिम प्रदान गर्न शुरु गरेको हो ।
संस्थाको पाडाजुंगीस्थित कार्यालयमा एक औपचारिक कार्यक्रम गरी तालिम शुरु गरिएको संस्थाकी अध्यक्ष नरमाया तामाङले जानकारी दिइन्। तालिमको उद्धाटन कार्यक्रम सशक्तिकरण केन्द्रका नेपालकी अध्यक्ष भूमिका कोइरालाको अध्यक्षतामा भएको थियो । तालिम उद्घाटनमा सामुदायिक चिया तथा कफी विकास संस्थाका अध्यक्ष नविन कोइराला, संस्थाकी सल्लाहकार समिति संयोजक मिनाकुमारी थापा, सदस्य कुमारी लिम्बु, सावित्रा पराजुली लगायतकाले तालिमको महत्वका बारेमा बोलेका थिए।
तालिममा स्थानीय डेढ दर्जन महिलाहरुको सहभागीता रहेको छ । सो संस्थालाई सिपमूलक तालिमका लागि सशक्तिकरण केन्द्रले तीनवटा मेसिन यसअघि नै प्रदान गरेको थियो ।






Comments