तामाङको समिति गठन



डिकेश लामा ,
९ माघ, बेलडाँगी ।
झापाको दमक वडा नं. ५ मा तामाङ जाति एकताका लागि समिति गठन सहित ल्होछार विशेष कार्यक्रम आज (शुक्रबार) सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ संघ वडा समितिको अध्यक्षमा विरबहादुर घिसिङ्ग, उपाध्यक्षमा बुद्धिमान तामाङ, सचिवमा शर्मिला तामाङ, सहसचिवमा जीवनदास योञ्जन, कोषाध्यक्षमा गंगा तामाङ सदस्यहरुमा खेमनाथ थिङ्ग, विनोद तामाङ्ग, तारादेवी तामाङ्ग, याम स्याङ्दान रहेको कार्यक्रम संचालक डिकेश लामाले जानकारी दिए ।
तामाङ युवाहरुको अगुवाईमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ्ग संघ झापा जिल्लाका अध्यक्ष कृष्ण गोलेले तामाङ जातिहरुले बौद्ध धर्म अनुसार ५ देखि १५ दिनसम्म ल्होछारलाई मान्ने र साँस्कृतिक एकतामा सवैले जोड दिनु पर्ने बताउनु भयो ।



कार्यक्रममा यूवा संघ दमक नगर समितिका अध्यक्ष नविन बरालले तामाङहरुले तल्लो स्तरमा यसरी एकतामा बाँध्न गरिएको यस्ता खाले कार्यक्रममा जातिय विकासमा महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल तामाङ घेदुङ्ग संघका उपाध्यक्ष नरविर गोम्देन, हरि लामा, दावा घिसिङ्ग, किरात चुम्लुङ्गका दमक वडा नं. ५ का अध्यक्ष लाख जीत नेम्बाङ्ग, फिल्मका द्वन्द्व निर्देशक राजेश लेप्चा, कलाकार लोकेश केसी, सामाजिक अगुवा दलबहादुर राई, चन्द्र निरौला लगायतले मन्तव्य राखेका छन् । तामाङको ल्होछार साँस्कृतिक एकता कार्यक्रममा दमक वडा नं. ५ का ५६ घर तामाङहरुले एक स्थानमा भेला भएर लामागुरुहरुबाट पूजापाठ, नाचगान, सेलो, साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।


Comments