सोमबारेमा चेतना हस्पिटल सञ्चालन हुने



तेजन खड्का
२ माघ, राजघाट।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले मोरङको इटहरास्थित सोमबारेमा १५ शैय्याको अस्पताल सञ्चालनमा आउने भएको छ । सामाजिक काममा सक्रिय स्थानीय युवाहरुको लगानीमा चेतना हस्पिटल प्रालि सञ्चालनमा ल्याउन लागिएको हो ।
अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवाको लागि टाढा जानुपर्ने बाध्यता हट्ने सञ्चालक समितिका सदस्य बिनु राना मगरले बताए।
सर्वसुलभ मुल्यमा स्वास्थ्य सेवा दिइने रानाको भनाई छ ।
सोमबारेमा अस्पताल सञ्चालनमा आउने खबरले स्थानीयवासीमा समेत खुशीयाली छाएको छ ।




विशेषज्ञ डाक्टर सहितको गुणस्तरीय र सर्वसुलभ मुल्यमा सेवा दिन अस्पताल सञ्चालनमा आउन लागेको बताउँदै अस्पताललाई नमुना बनाउन सबैले सहयोग पुर्‍याउनु पर्ने सञ्चालक समितिका सदस्य धनराज काफ्लेले बताए।
अस्पताल सञ्चालनका लागि खगेन्द्र काफ्लेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा तुलबहादुर न्यौपाने, सचिवमा पोष्टबहादुर बस्नेत र कोषाध्यक्षमा भीमबहादुर कार्की रहेका छन् । अस्पतालमा टिकाराम न्यौपाने, कमल वाइवा, काजन ढकाल, भीम कार्की, विदुर बस्नेत, बिनु राना, झविन आले, चिरन्जीबि लम्साल, प्रेम माझी, निर्मल न्यौपाने, इन्द्र कार्की लगायतको लगानी रहेको छ ।




Comments