२५ पौष, दमक।
नेकपा एमालेनिकट व्यवसायीहरुले सरकारको कर सम्बन्धी झन्झटिलो व्यवहारका कारण व्यवसायीहरू पिरोलिँदै आएको बताएका छन् । उनीहरुले खरिद र बिक्रीबीच पुरानो असन्तुलनलाई समेत करको दायरामा ल्याउने भन्दै अनावश्यक दुःख दिएको बताएका छन्।
शुक्रवार दमकमा नेपाल राष्ट्रिय बाणिज्य संघ दमक नगर कमिटीले आयोजना गरेको बनभोज तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य गणेश बस्नेतले उद्योगी व्यवसायीहरु मुलुकको बिकासका लागी ठुलो योगदान गरेको बताएका थिए । संघका केन्द्रीय सदस्य राजकुमार श्रेष्ठले व्यवसायीहरुको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रमको संयोजक राजीव पूर्वीले स्वागत मन्तब्य राखेका थिए । संघका दमक नगर कमिटी अध्यक्ष भरत चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसैबीच, नेपाल ग्रामिण पुनर्निर्माण संस्था आरआरएनको सहयोगमा नेकपा एमालेले दमक वडा नम्बर १९ का बिपन्नहरुलाई कम्बल बितरण गरेको छ ।
एमाले अनुशासन आयोगका सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रअमा वडाका बिपन्न समुदायका लागी कम्बल बितरण गरिएको हो । झापा ७ का सभासद तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा आरआरएनले कम्बल दिएको थियो ।
शुक्रवार भएको कार्यक्रममा १ सय ४० वटा कम्बल बितरण गरिएको छ । यसअघि धरमपुर, लखनपुर र तोपगाछीमा पनि कम्बल बितरण गरिएको थियो ।

Comments
Post a Comment