माघको चिसोमा राजु लामाले उर्लावारी तताउने




किसोर श्रेष्ठ
१० माघ, उर्लाबारी।
नेपाली श्रोतामाझ लोकप्रिय गायक राजु लामा र उनको व्यान्ड मंगोलियन हर्टले पूर्वी मोरङको उर्लावारीका श्रोतालाई आफ्नो साङ्गीतिक स्वाद पस्कने भएका छन् । स्थानीय स्तरमा सामाजिक कार्यसँगै साङ्गीतिक कार्यक्रमहरु गर्दै आइईरहेको भिजन फाउन्डेशन नेपाल उर्लावारीको आयोजनमा आगामी माघ २४ गते हुने कार्यक्रममा गायक राजु लामा लगायतको समूहले साङ्गितिक प्रस्तुति पस्कन लागेको हो । कार्ल्सवर्ग विन्टर सेलिब्रेशन नाम दिइएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको भिजनका अध्यक्ष राजु लामा घिसिङले जानकारी दिए।


करीव ३ लाख ५० हजार रूपैयाँको खर्च रहेको उक्त साङ्गीतिक कार्यक्रम बेलुकी पाँच बजेदेखि सुरु भएर आठ बजेसम्म चल्ने छ भने कार्यक्रममा सहभागीता जनाउन टिकट अनिवार्य रहेको पनि घिसिङले जानकारी दिए।
तिमीलाई देखेर हिमाल हाँसेको, हल्ला चलेछ , बादल पारीको देशबाट लगाय थुप्रै चर्चित गीतहरु गाएर श्रोताको मन जित्न सफल उक्त व्यान्डलाई सम्पूर्ण उर्लावारी बासीले साथ दिनेमा पनि आफूहरु विश्वस्त रहेको घिसिङले बताए ।


Comments