दमक नपाले विश्वकै अग्लो बुद्धको मूर्ति बनाउने



१५ माघ, दमक।
झापाको दमक नगरपालिकाले बिश्वकै अग्लो बुद्धको मूर्ति निर्माण गर्ने भएको छ । आज २१ औं नगरपरिषदका अवसरमा कार्यकारी अधिकृत युवराज दाहालले बिश्वको अग्लो बुद्ध मूर्ति सहितको पार्क निर्माण गर्ने जानकारी दिए।
१ सय ८० फिट अग्लो मूर्ति राख्नका लागि नगरपालिकाले जग्गाको प्रबन्ध गर्न लागेको उनले जानकारी दिए।
त्यस्तै दमक भ्यु टावर निर्माणको प्रस्तावसमेत नगरपालिकाले गरेको छ । दमक १२ स्थित सुन लाइनमा रहेको नगरपालिकाको जग्गामा अत्याधुनिक सिटी कप्लेक्स सहितको भ्यु टावर निर्माण गरिने छ ।




परिषदका अबसरमा नगर क्षेत्रलाई अन्तराष्ट्रिय सुचना सन्जालमा जोड्नका लागि फ्री वाइफाइ जोन बनाइने, ग्रिनबेल्ट सहितको दमक चक्रपथ निर्माण, उपस्वास्थ्य चौकीलाई सिटी अस्पतालका रुपमा बिकास गर्नेसमेत नगरपालिकाको योजना छ ।

दमक ३ र ५ लाई फलफूल तथा तरकारी खेती क्षेत्र घोषणा गर्ने, १८ र १९ लाई औद्योगिक क्षेत्र बनाइने त्यस अबसरमा जानकारी दिएयो। विद्यालयमा अध्ययनरत बिपन्न छात्राहरुलाई मासिकश्रावका अवस्थामा बिद्यालय आउन सहज बनाउनका लागि सेनेटेरी प्याड बितरण गरिने छ ।
दमक ५ को हम्सेदुम्से सामुदायिक वन क्षेत्रको उत्तरतर्फ रिसाइक्लिड्ग एण्ड रिकभरी सेन्टर निर्माण गरी फोहोरको व्यवस्थापन गरिने जानकारी समेत दिइएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्ष २०७२/ ७३ का लागि २८ करोड ६२ लाख २१ हजार रुपैयाँको कुल बजेट सार्वजनिक गरेको छ ।


सो अवसरमा दमकका पूर्व प्रधानपञ्च धनबहादुर श्रेष्ठ, उत्कृष्ट करदाता गायत्री श्रेष्ठ र कर्मचारी पत्रलाल तामाड्गलाई सम्मान गरिएको थियो ।
एकिकृत माओवादीका रमेश गुरागाइँ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईं, संघीय लिम्बुवान पार्टी नेपालका देउकुमार नेम्बाङ लगायतले योजना कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि सभाषद महेन्द्रकुमारी सुब्बा र झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नगरको आर्थिक बर्ष २०७२/0७३ को बजेट तथा नीति कार्यक्रम सहितको किताव सार्वजनिक गरेका थिए।



Comments