पत्रकार विरेन्द्रलाई प्रवासी पत्रकारबाट क्यामेरा सहयोग




११ माघ, उर्लाबारी।
ग्रामीण क्षेत्रबाट पत्रकारितामा संघर्षशील मोरङ अमरदहका पत्रकार बिरेन्द्रकुमार शाहालाई वैदेशिक रोजगारीमा रहेका पत्रकारबाट एक थान क्यामेरा सहयोग भएको छ ।
हसन्दह-७ घर भई हाल दुवईमा रहेका रामकुमार परियारले ३० हजार रूपैयाँ मुल्य बराबरको एक थान क्यामेरा सहयोग गरेका हुन् ।
पत्रकारिता क्षेत्रमा क्यामेराको माध्यमबाट फोटो सहित समाचार प्रकाशनमा सहज होस् भनेर क्यामेरा सहयोग गरेको परियारले बताए।


पत्रकारिता पेशा कष्टकर हुने बताउँदै आफुले सकेको सहयोग गरेको परियारले जानकारी दिए।

बिरेन्द्रले गाउँघरमा रहेको समाचार देशविदेशसम्म सामाजिक सन्जाल तथा वेवसाइटमार्फत पुर्‍याउँदै आएका छन् ।
हाल रेडियो मकालु बिराटनगरमा आवद्ध बिरेन्द्र पत्रकारिताका साथै कला क्षेत्रमा पनि आवद्ध छन् । आफुलाई क्यामेरा प्राप्त भएपछि थप उर्जा मिलेको बिरेन्द्रको भनाई छ ।




Comments