२७ पौष, शनिश्चरे।
नेपाल पत्रकार महासंघ झापाका सचिव एकराज गिरीलाई आज आइतबार झापाको शनिश्चरेमा आयोजित एक कार्यक्रमका बीच उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
शनि अर्जुन ५ लक्ष्मीपुरस्थित लक्ष्मी माविको स्वर्ण महोत्सव समापन समारोहमा आयोजित समारोहमा यसैवर्ष स्थापित लक्ष्मी मावि उत्कृष्ट पत्रकारिता पुरस्कार २०७१ प्रथम पटक पत्रकार गिरीलाई प्रदान गरिएको हो ।
रेडियो नेपालका झापा संवाददाता तथा पूर्वाञ्चल दैनिकका कार्यकारी सम्पादक गिरीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले पुरस्कारस्वरुप सम्मान पत्र र नगद प्रदान गरेका थिए।
विद्यालयका अध्यक्ष एमकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले विद्यालयको गतिविधि जानकारी गराएका थिए।
Comments
Post a Comment