बलेरोले ट्रक र पिकअपलाई हिर्काउँदा एकको मृत्यु



२५ पौष, दमक।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसतासी नगरपालिकामा आज बिहान दुई सवारी साधन एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । विहान तीन बजेतिर शिवसतासी ९ मा बलेरो र पिकअप जिप एक-आपसमा ठक्कर खाँदा बलेरोमा सवार एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो।


को १ च ६२७२ नम्बरको बलेरो जिपले रोकिराखेको मे १ ख ५४५ नम्बरको ट्रकको पछाडी ठक्कर दिई अनियन्त्रित भई पुनः बिपरीत दिशाबाट आउँदै गरेको मे १ ज ११४० नम्बरको पिकअप जिपमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा बलेरोमा सवार अन्दाजी ३५ बर्षिय एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृतक पुरुषको नामथर, वतन खुल्न नसकेको इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटीगई ट्रक, बलेरो जिप, पिक जिप र पिकअपका चालकलाई नियन्त्रणमा लिएको छ।

Comments