चुम्लुङ झापाको अधिबेशन फागुनमा



४ माघ, विर्तामोड।
किरात याक्थुङ चुम्लुङ झापा शाखाको आठौं जिल्ला अधिवेशन आउँदो फागुन ९ गते हुने भएको छ । शाखाको शनिबार सम्पन्न कार्यसमितिको नियमित मासिक बैठकले आगामी पुस ९ गते चुम्लुङ जिल्लाको सभाकक्षमा अधिबेशन गरिने निर्णय गरेको हो । चुम्लुङ झापाका अध्यक्ष टेकबहादुर आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिबेशन भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी थालिएको जनाएको छ ।



यसैवीच माघभित्र सवै गाउँ, नगर शाखाका अधिबेशनहरु समेत गर्ने निर्णय भएको अध्यक्ष आङदेम्बेले जानकारी दिए । चुम्लुङ गाउँ, नगरका एक दर्जन बढी शाखाहरुको अधिबेशन समेत सम्पन्न भईसकेको र अन्य शाखाहरुको अधिबेशन धमाधम भईरहेको उनले जनाए ।
हालसम्म कुमोरखोद, धरमपुर, डाँगीबारी, पृथ्वीनगर, जलथल, चकचकी लगायतका गाउँ शाखाहरुको अधिबेशन सकिएको जनाइएको छ ।





Comments