भेट्रानलाई आर्थिक सहयोग



उर्लाबारी माघ १२ गते ।
युनाइटेड भेट्रान फुटबल क्लव उर्लाबारीलाई युवा समाजसेवी अग्नि पन्धाकले आर्थिक सहयोग गरेका छन् । उर्लावारी-४ निवासी पन्धाकले राधिका माबि उर्लाबारीको खेलमैदानमा सोमबार भेट्रान क्लवका अध्यक्ष प्रेम निङ्लेकुलाई नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरे। भेट्रान क्लवलाई खेलकुद तथा सामाजिक गतिविधी गर्न सहज होस भनेर आफुले सहयोग गरेको पन्धाकले बताए। आगामि दिनमा पनि भेट्रान टिमलाई सकेको सहयोग गर्ने प्रण गर्दै पन्धाकले पछि आफु पनि उर्लाबारीको भेट्रान टिममा आवद्ध भई खेलकुदको विकासमा लाग्ने बताए।



युकेमा बैदेशिक रोजगारीको शिलशिला रही हाल स्वदेश छुट्टीमा आएका पन्धाक पूर्व ब्रिटीस आर्मी पनि हुन्।
भेट्रान क्लवका खेलाडी लोलिम पोमु लिम्बूले दातालाई आभार प्रकट गरे। पोमुले उनको सहयोगले खेलाडीलाई थप उर्जाशिल बनाएको बताउँदै थप प्रेरणा र हौसला मिलेको जानकारी दिए।




Comments