मादक पदार्थ खाल्डोमा




डिकेश लामा
१२ माघ, बेलडाँगी।
झापाको दमक वडा नं. ५ मा रहेको सशस्त्र प्रहरी सुरक्षा वेश बेलडाँगी २ ले घरेलु तथा शिलप्याक मादक पदार्थ आज सार्वजनिक रुपमा खाल्डोभित्र पुरेर नष्ट गरेको छ ।
बाघखोर प्रहरी चौकीले बरामद गरेको २४ थान स्पेशल नामको शिलप्याक रक्सी र विभिन्न स्थान र समयमा सशस्त्र प्रहरीले बरामद गरेको १ सय २० लिटर घरेलु रक्सी खाल्डो खनी पुरेर नष्ट गरेको सशस्त्र प्रहरी वेश बेलडाँगी २ ले जानकारी दिएको छ ।



शिविर सुपरीवेक्षक यज्ञ निरौला, सचिव सन्चहाङ्ग सुव्बा, यूएनएचसीआरका प्रतिनिधि गोविन्द सुनवार बाघखोर प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक पवनकुमार यादव लगायतको रोहवरमा मादक पदार्थ नष्ट गरिएको वेशका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश प्रसाद पाण्डेले जानकारी दिए ।
यसअघि सशस्त्र प्रहरी वेश वेलडाँगी २ महिनाअघि मादक पदार्थ नष्ट गरेको थियो ।





Comments