रेडियोको बार्षिकोत्सबमा सम्मान



१० माघ, बेलबारी,
मोरङको बेलबारीमा रहेको संयन्त्र सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो बेतना ९७.१ मेगाहर्जले शनिबार आफ्नो प्रसारणको दोस्रो बार्षिकोत्सबको अबसर पारेर पत्रकार नरेन्द्र बस्नेत लगायत पूर्ब कर्मचारी र सञ्चालक समितिका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
एरिना टेलिभिजनका कार्यक्रम निर्देशक समेत रहेका बस्नेतले सो रेडियोमा स्टेशन प्रमुखका रुपमा पुर्‍याएको योगदानको कदर गर्दै रेडियोका अध्यक्ष राजकुमार लिम्बु र प्रमुख अतिथि बेलबारी नगरपालिकाका कार्यकारी प्रमुख मनहरि बरालले एक कार्यक्रमका बिच सम्मान गरेका हुन् ।




बि.स २०६९ माघ १० गते प्रसारण आरम्भ गरेको सो सामुदायिक रेडियोले बेलबारी र आसपासका क्षेत्रमा समाज रुपान्तरणका लागि मिडियाका तर्फबाट महत्वपूर्ण भुमिका खेलेको कार्यक्रमका वक्ताहरूले बताएका थिए ।





Comments