चिलारायको ५ सय ५ औं जन्मजयन्ती मनाइने



१६ माघ, खजुरगाछी।
वीर महापुरुष चिल्लारायको ५ सय ५ औं जन्म जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
कोचिला गाभुर फ्रन्ट जिल्ला कार्य समितिको आयोजनामा माघ २० गते मंगलवारका दिन खजुरगाछीको चिलहारामा जन्म जयन्ती कार्यक्रमको अयोजना हुने फ्रन्टका जिल्ला अध्यक्ष खकेन राजवंशीले जानकारी दिए । जन्म जयन्ती कार्यक्रममा विविध सांस्कृतिक नृत्य, गान, ऐतिहासिक दस्तावेजहरु प्रस्तुत हुने जनाएको छ ।


प्राचीन कोच राज्यमा खजुरगाछीको चिल्लहारामा आफ्नो सैनिक क्याम्प खडा गरी वीर चिल्लारायले सैन्य आक्रमण गर्ने गरेको इतिहासमा उल्लेख भए अनुसार उनको स्मृतिमा फ्रन्टले प्रत्येक वर्ष जन्मजयन्ती मनाउँदै आएको छ ।
फ्रन्टका केन्द्रीय अध्यक्ष भरत कुमार राजवंशीको प्रमुख आतिथ्यमा विहिवार खजुरगाछीमा आयोजित कार्यक्रममा जन्मोत्सव कार्यक्रमलाई भव्य बनाउन विभिन्न समितिहरु निर्माण गरी कार्यभार सुम्पेको छ । कार्यक्रममा फ्रन्टका केन्द्रीय उपाध्यक्ष माला राजवंशी, केन्द्रिय सदस्य अन्जु राजवंशी, जिल्ला उपाध्यक्ष शान्ति राजवंशी, सचिव दिपेश राजवंशी, सहसचिव शिवराम राजवंशी, राजवंशी समाज विकास समितिका केन्द्रीय सदस्य हेमनसरी राजवंशी, जुरोपानी गाउँ कमिटिका अध्यक्ष रघुनाथ राजवंशी, धनीलाल राजवंशी, तीर्थप्रसाद राजवंशी, चन्द्र प्रसाद राजवंशी, कमल प्रसाद राजवंशीलगायतको उपस्थिति थियो ।
यसअघि फ्रन्टले चिलारायको जन्मजयन्ती भद्रपुरमा मनाएको थियो ।


Comments