२६ पौष, दमक।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा र मोरङमा भएका सडक दुर्घटनामा परी हिजो साँझ एक जनाको ज्यान गएको छ । ती दुर्घटनामा आमाछोरीसहित पाँच जना घाइते भएका छन्।
झापाको मेचीनगर नगरपालिका ११ मा अपरान्ह साढे ४ बजेतिर मे १ प ५९५३ र मे ५ प २७५६ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । दुर्घटनामा दुबै मोटरसाइकलका चालक घाइते भई कन्काई अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा ५९५३ का चालक शनिश्चरे ४ का ३५ बर्षिय टुक राज पोख्रेलको उपचारको क्रममा साँझ साढे पाँच बजेतिर मृत्यु भएको हो।
अर्का २७५६ का चालक दमक १० का ३५ बर्षिय प्रेम ता
माङ्गको भने सोही अस्पतालमा उपचार भइरहेको छ। दुबै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।
यस्तै मोरङको भाउन्नेमा साँझ छ बजे को १३ प ८२६४ नम्बरको स्कुटरले एक पैदलयात्रीलाई ठक्कर दिई पल्टिँदा चारजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा पैदलयात्री तत्काल वतन नखुलेको ५० बर्षिय कृष्ण परियार, स्कुटर चालक दमक १६ का ३२ बर्षिय दिपक खड्का, पछाडी सवार बेलबारी ३ की ३७ बर्षिया बिना श्रेष्ठ र बिना श्रेष्ठकी १६ बर्षिया छोरी रुपा श्रेष्ठ रहेका छन्। घाइते खड्का र रुपाको न्यूरो अस्पताल र अन्य दुईको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्कुटरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
Comments
Post a Comment