लिम्बु बाँसघारीमा मृत फेला




१ माघ, मोरङ।
मोरङ्गको सुन्दरदुलारी नगरपालिकामा आज बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
सुन्दरदुलारी ५ का ४८ बर्षिय हरिराम लिम्बु गाउँकै एक बाँसघारीमा विहान ८ बजे मृत अवस्थामा फेला परेका हुन्। बुधबार घरबाट हिँडेका लिम्बु आज विहानसम्म पनि घर फर्कि नआएपछि खोजतलास गर्ने क्रममा उनलाई स्थानीयवासीलेबाँसघारीमा मृत अवस्था फेला पारी प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पूरा गरी शवलाई पोष्टमर्टमका लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।




Comments