दमक नपा अत्याधुनिक प्रविधि अँगाल्दै



७ माघ, दमक।
झापाको दमक नगरपालिकाले राजश्व भुक्तानीका लागि टोकन प्रणाली लागु गरेको छ । नगरपालिकामा राजश्व भुक्तानीका नेपालमा नै पहिलो पटक टोकन प्रणाली लागु गरिएको नगरपालिकाको दावी छ ।
राजश्व भुक्तानीका क्रममा सेवाग्राहीलाई पर्ने सहज बनाउनका लागि यो प्रणाली लागु गरिएको नगरपालिकाले जनाएको छ । राजश्व भुक्तानीका लागि सेवाग्राहीले पहिला पुगेका आधारमा टोकन लिने र सोही आधारमा रकम भुक्तानी गर्न सक्ने कार्यकारी अधिकृत युवराज दाहालले बताए। टोकन लिएपछि सेवाग्राहीलाई प्रतिक्षालय बस्ने व्यवस्था मिलाइएको छ । प्रतिक्षालयमा रहेको स्क्रिनमा टोकन नम्बर देखिने र आफ्नो पालो आएकोसमेत सजिलै थाहा पाइने भएपछि सेवाग्राहीले हैरानी व्यहोर्न नपर्ने कार्यकारी अधिकृत दाहालले बताए।




यस्तै नगरपालिकाले आगामी फागुन १ गतेदेखि भने सवै शाखाको गतिविधि प्रतिक्षालयबाट नैन हेर्न सकिने गरी सीसी क्यामरा जडान गर्ने तयारी गरिएको कार्यकारी प्रमुख दाहालले जानकारी दिए।
यसै गरी आगामी आर्थिक वर्षदेखि भने नगरपालिकाले अनलाइनबाट नै राजश्व भुक्तानीको व्यवस्था मिलाउने भएको छ ।






Comments