पाथिभरामा कखरा



१६ माघ, दमक।
दमकको पाथिभरा सिनेमा हलमा शुक्रबार ३ वटा बोर्डिङ्ग स्कूलका विद्यार्थी तथा शिक्षकहरुले एकसाथ कखरा डकुमेन्ट्री हेरेका छन् ।
शिक्षामा दण्ड तथा भय हुनु हुँदैन भन्ने मुख्य विषयबस्तु रहेको डकुमेन्ट्री हेरेर मेची बोर्डिङ्ग स्कूलका प्रिन्सिपल श्रवण पोखरेलले कखरा सवै विद्यार्थी, शिक्षक र अभिभावकले एक पटक हेर्नै पर्ने फिल्म भएको दावी गरे । फिल्म हेरेर विद्यार्थीहरुले कखराले सवैलाई सजग बनाएको र धेरै राम्रो फिल्म भएको जानकारी दिएका छन् । शौचालयमा बन्दी भएर ज्यान गुमाएको विद्यार्थीको वास्तविक घटनाको डकुमेन्ट्री कखराले धेरैको मन छोएको र शिक्षामा सकरात्मक सन्देश दिएको यसका निर्देशक डिकेश लामाले बताए । हालसम्म जतिले कखरा हेरे सवैले मनैदेखि मन पराएको पाएको लामाले दावी गरे ।


राष्ट्रिय स्तरका कलाकारहरु राजेश हमाल, गजित विष्ट, सौजन्य सुव्बा, भूपेन चन्द, सौगात विष्ट (आठ बर्षीय निर्देशक), पत्रकार श्रीकृष्ण न्यौपाने लगायतलाई समेटिएर बनाइएको फिल्ममा दमकबाट कैलाश पाण्डेले अभिनय गरेका छन् । यसैगरी बालकलाकारको स्वर सिद्धार्थ बोर्डिङ्ग स्कूलमा कक्षा ७ मा पढ्ने अंकित लुइँटेलले दिएका छन् ।
मेची, गायत्री र नरेन्द बोर्डिङ्ग स्कूलका ५० शिक्षक सहित ७ सय विद्यार्थी र अभिभावकले फिल्म हेरेका छन् । कखरा यसअघि दमक नगरका १ दर्जन विद्यालय र काठमाण्डौंका केही विद्यालयमा प्रर्दशन भइसकेको छ । यो डकुमेन्ट्री देश भरका ३४ हजार विद्यालयका करिव ६४ लाख विद्यार्थी र शिक्षकलाई देखाउने लक्ष्य रहेको यसका निर्माता विनोद लामाले बताए ।


Comments