सिटी सफारी चालक संगठीत



९ माघ, दमक।
दमकका सिटी सफारी चालकहरु संगठीत भएका छन् । सिटी सफारी चालकहरुले आफ्नो पेशागत हकहितका लागि काम गर्ने भन्दै उनीहरु संगठीत भएका हुन् ।
भेलाले देबबन्धु दाहालको अध्क्षयतामा स्वतन्त्र सिटी सफारी संघ नामक संस्था गठन गरेका हुन् । गठित समितिको उपाध्यक्षमा नारायण चौधरी, सचिवमा भिम सुवेदी, सहसचिव बिष्णु मणि नेपाल, कोषाध्यक्षमा इश्वरी दाहाल र सदस्यहरुमा बद्री ओझा, टंक धिमाल लगायत रहेका छन् ।
शुक्रवार उनीहरुले संघ स्थापना गरी सिटी सफारीको सेवालाई भरपर्दो बनाउने उल्लेख गरेका छन् । सिटी सफारीका चालकहरुले र्‍याली गरी सिटी सफारीको दर्ता खोल्नुपर्ने समेत माग गरेका हुन् ।


उनीहरुले सफारी बिक्री गर्नेले एकलौटी ढंगमा एउटै ब्यक्तिका नाममा सफारी दर्ता गरेको आरोप लगाएका छन् । बिक्रेताहरुले २ लाख ६० हजार रुपैया पर्ने सफारीलाई २ लाख ९० हजार सम्म लिएको आरोप लगाएका छन् ।
सिटी सफारी सञ्चालनका लागि नगरपालिकाले दर्ता गर्ने कोटा थप गर्न नवगठित संघका सचिव भिम सुवेदीले माग गरे । उनले भने, 'बेरोजगार युवाहरुले गर्न लागेको काममा नगरपालिकाले अवरोध पुर्‍याएको छ ।'
नगरपालिकामा हाल १ सयवटा सिटी सफारीको कोटा रहेको छ । त्यसमध्ये ५० जना महिलाको नाममा दर्ता गरिनुपर्ने र उनीहरुलाई तालिम दिने नगरपालिकाले बताएको छ ।




Comments