२७ पौष, मोरङ।
मोरङको उर्लाबारी ७ स्थित खाँबेझोडा जंगलमा एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
घना जंगलमा हिजो जंगली हात्ती मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।
घटनास्थलमा खटिएको प्रहरी र सेक्टर वनको संयुक्त टोलीले कानुनी प्रकृया पुरा गरेको छ। घटनासम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

Comments
Post a Comment