सतासी जेसीजको भवन शिलान्यास



१२ माघ, दूधे।
झापाको सतासीधाम जेसीजले आफ्नै कार्यालय भवन बनाउने भएको छ । आइतबार एक कार्यक्रमका विच सो भवनको औपचारिक रुपमा शिलान्यास गरिएको छ । शिवसताक्षी नगरपालिका-७ स्थित साविक सतासीधाम गाविस कार्यलय नजिकको जग्गामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
एक वर्षअगाडि नै २ कठ्ठा १० धुर जग्गा गविसले सतासीधाम जेसीजलाई उपलब्ध गराएको थियो ।
सतासीधाम जेसीजका संस्थापक अध्यक्ष तथा शिलान्यास कार्यक्रमका प्रमुख अतिथि कृष्ण पोख्रेल, वर्ष२०१४ अध्यक्ष जेसी जीवन गिरी र वर्तमान अध्यक्ष जेसी महेन्द्र थापाले नव निर्मित भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।



वर्ष २०१४ का अध्यक्ष जीवन गिरीको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा जेसीजका कार्यकारिणी उपाध्यक्ष रोशन सुवेदी, निर्माण संयोजक दिनेश बाह्रकोटी, सल्लाहकार तथा व्यापारी यामनाथ काफ्ले लगायतले जेसीज स्थापना भएको ३ वर्षको अवधिमै आफ्नो भवन निर्माण गर्न थालिएको कामको प्रशंसा गरेका थिए ।

भवनका लागि जेसीजका संस्थापक अध्यक्ष कृष्ण पोख्रेलले १ लाख ५१ हजार र बर्ष २०१४ का अध्यक्ष गिरीले १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
शिलान्यास गरिएको जेसीजको भवन २ वटा कभर्डहल सहितको २ तले हुने जनाइएको छ ।

तस्वीर - सतासीधाम जेसीजको भवन संयुक्त रुपमा शिलान्यास गरिँदै




Comments