कुर्सी भाँच्न पठाएको हो ? (गजल)



तेजन खड्का
जनताले कुर्सी भाँच्न पठाएको हो ?
होहल्ला ताण्डव नृत्य नाँच्न पठाएको हो ?

खाली आफ्नै स्वार्थ मात्र बोकिकन
धनमाल गोजीभरी साँच्न पठाएको हो ?





भरे के खाने भनी समस्यामा छन् कति
आफैलाई मात्र, बाँच्न पठाएको हो ?

जनमुखी संविधानले देशलाई निकास देउ
खाली अड्को मात्र थाप्न पठाएको हो ?

आफ्नै आफ्नै अडान छ, सहमती छैन
बाँदर झै जंगली रुप, बाझ्न पठाएको हो ?



Comments