फूड फेस्टिवलका लागि स्टलहरू निर्माण हुँदै



१७ माघ, दमक।
झापाको दमकमा हुने प्रथम दमक फुड फेष्टिभलका लागि स्टलहरु निर्माण थालिएको छ। मेलाको तयारी स्वरुप स्टेज, स्टल लगायत सजावट थालिएको आयोजक होटल व्यवसायी संघ क्षेत्रीय समितिले जनाएको छ ।
माघ २३ देखि २९ गतेसम्म हुने मेलामा स्थानीय उत्पादन, घरेलु उत्पादन सहित आदिबासी परिकारसमेत रहने समितिका अध्यक्ष राजन दंगालले जानकारी दिए ।
त्यस्तै मेलाको तयारीका बारेमा राजनीतिक दल, समाजिक संघ सस्थाहरुसँग छलफल अगाडी बढाइएको पनि उनले जानकारी दिए।



राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसमेत रहने मेलामा कमल खत्री, शिव परियार, इन्दिरा जोशी, कुशल राई लगायतका कलाकारहरुले दर्शकहरूलाई खानाका साथै सांगीतिक स्वादसमेत चखाउने मेलाका संयोजक सुधीर प्रधानले जानकारी दिए।
मेलामार्फत स्थानीय होटल व्यवसायको प्रबर्द्धन, पर्यटन प्रबर्द्धनको लक्ष्य राखिएको छ ।





Comments