सुब्बाको नेतृत्वमा युनियनको झापा माईपश्चिम समिति गठन



१७ माघ, दमक।
नेपाल प्रेस युनियन झापाको माई पश्चिम क्षेत्रीय समिति आज गठन भएको छ । दमकमा आज भएको एक भेलाले बिष्णु सुब्बाको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो ।
प्रेस युनियन जिल्ला अध्यक्ष कृष्ण हुमागाईको सभापतित्व एवं सभासद महिन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । सर्वसम्मत चयन गरिएको क्षेत्रीय समितिको उपाध्यक्षमा बेणु अधिकारी, सचिवमा श्याम लम्साल, सहसचिवमा सुदीप अधिकारी र कोषाध्यक्षमा निरज अग्रवाल चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा चक्रपाणी गौतम, झगेन्द्र खड्का, निशा बस्नेत, अर्जुन राजवंशी, बद्री कोइराला, लोकनाथ रिजाल, शान्तिराम बस्नेत र देवी तिम्सिना चयन भएका छन् ।



भेलाले १५ दिनभित्र नवगठित समितिको बैठक बसी नयाँ कार्यक्रमहरु तय गर्ने निर्णय गरेको छ । नवगठित समितिलाई शुभकामना दिँदै भेलाका प्रमुख अतिथि सभासद महिन्द्रा सुब्बाले माई पश्चिमको पत्रकारिता विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन्। उनले पक्षपाती र पूर्वाग्राही नभई सवैलाई समान तरिकाले समेट्ने गरी पत्रकारिता गर्न आग्रह पनि गरिन् । कार्यक्रममा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति शेरबहादुर भट्टराईले पनि शुभकामना मन्तव्य राखेका थिए।




Comments