माछा नदिँदा हत्या



९ माघ, दमक।
झापाको गौरादहमा अज्ञात समुहको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
आज मध्यान्ह १२ बजे दुई जनाको समूहमा आएका उनीहरूले लखनपुर १ बस्ने ४० बर्षिय धिरज शहनीलाई गौरादह ६ को कृष्णे खोला बरुणभिट्टामा माछा मार्दै गरेको अवस्थामा कुटपिट गरी घाइते बनाएका थिए । उनको दमक अस्पतालमा उपचार गर्ने क्रममा अपरान्ह साढे एक बजे ज्यान गएको हो ।




मोटरसाइकलमा आएका अपरिचितले माछा माग्दा शहनीले नदिएपछि आक्रमण गरेको इलाका प्रहरी कार्यालय गौरादहले जानकारी दिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उनीसँगै माछा मार्न गएका उनका ज्वाईं विमल सहनीले भने भागेर ज्यान जोगाएका थिए ।
प्रहरीले मृतकको पोष्टमर्टमका लागि शव उर्लावारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ भने घटनाको आवश्यक अनुसन्धान थालेको जनाएको छ ।





Comments