वेमौसमको बर्षाले एकै उद्योगको एक करोडको क्षति



गोविन्द पोख्रेल,
२५ पौष, उर्लाबारी।
बिहीबार साँझ आएको हावापानीका कारण उर्लाबारी-६ मंगलबारेस्थित बगाले थापा इँटा उद्योगमा झण्डै १ करोड रूपैयाँ बरबारको क्षति भएको छ ।
उद्योग परिसरमा राखिएको काँचो र भट्टिमा हालिएकोसमेत इँटालाई पानीले भिजाएपछि नष्ट हुँदा उक्त रकम बराबारको क्षति भएको उद्योगका सञ्चालक तेजबहादुर थापाले बताए । थापाका अनुसार तयारी अवस्थामा रहेको करिब ७/८ लाख संख्या हाराहारीको इँटा नष्ट भएका हुन् ।



२०३२ सालमा स्थापना भएको बगाले थापा इँटा उद्योग मोरङकै पुरानो इँटा उद्योग मानिन्छ । यस अवधिमा सो उद्योगले सबैभन्दा ठूलो क्षति व्यहोरेको यसैपाली भएको सञ्चालकहरुको भनाई छ । टि.वि.टि छापमा पूर्वाञ्चलभर सेवा विस्तार गरेको सो इँटा उद्योगमा अचानक आएको हावापानीले अत्याधिक क्षति गरेपछि सञ्चालकका अलवा कामदारहरु पनि मर्कामा परेको बताउँछन् ।
सञ्चालक थापाले दुःखी हुँदै भने, 'हिँउद याममा मात्रै इँटा उत्पादन गथ्यौँ, त्यो पनि दैवले देखी सहेन।'





Comments