उच्च माविको प्राचार्यमा राजवंशी, सम्भवतः पहिलो आदिवासी महिला



१७ माघ, खजुरगाछी।
खजुरगाछी उच्च मा.वि खजुरगाछीको प्राचार्यमा दमयन्ती राजवंशीलाई नियुक्ति गरिएको छ ।
हालै बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले उनलाई नियुक्ति गरेको हो । समितिका अध्यक्ष चन्द्रप्रसाद यादवको अध्यक्षतामा बसेको वैठकले राजवंशीलाई कार्य भार सुम्पेको हो । आदिवासी समुदायमा यो पदमा नियुक्ति हुनेमा उनी सम्भवतः पहिलो महिला हुन् । उनले अंग्रेजीमा एम.ए. र बी.एड उत्तीर्ण गरेकी छन् । यसअघि उनी सह संयोजकको रुपमा कार्यभार सम्हाल्दै आएकी थिइन् ।
महिला प्राचार्य हुने उच्च माविलाई आर्थिक अनुदान बढि दिने व्यवस्था रहेको जनाइएको छ ।



Comments