प्रशासनिक काम नयाँ कार्यालयबाट




१७ माघ, दमक।
झापाको दमकस्थित इलाका प्रशासन कार्यालयको कामकाज भोलि आइतबारदेखि नयाँ कार्यालयबाट शुरु हुँदैछ ।
दमक ११ स्थित युएनएचसीआरको कार्यलय नजिकै गृह मन्त्रालयले यस अघि भुटानी शरणार्थी परिचय पत्र वितरणका लागि भाडामा लिएको कार्यालयबाट आइतबारदेखि सेवा प्रदान गरिने कार्यालय प्रमुख बासुप्रसाद कोइरालाले जानकारी दिए ।


यसअघि बेलडाँगी रोडमा भाडामा सञ्चालित सो कार्यालयमा सेवाग्राहीको चाप बढेको र कार्यलयको कार्यक्षेत्र समेत बृद्धि भएका कारण नयाँ कार्यालयबाट सेवा दिनु पर्ने अवस्था आएको कोइरालाको भनाई छ । सो कार्यालयले छिट्टै थप एक नगरपालिका र तीन गाविसको समेत प्रशासनिक काम गर्दैछ । यसबाट शिवसताक्षी नगरपालिका, धरमपुर, महाभारा र पाँचगाछी गाविसका बासिन्दाले समेत अब नागरिकता बनाउने, राहदानी बनाउने लगायतका प्रशासनिक कामकाज लिएर सदरमुकाम चन्द्रगढी धाउनुपर्ने बाध्यता टरेको छ ।




Comments