जीवन राईको अध्यक्षतामा संघीय युवाको जिल्ला कमिटी गठन



२५ पौष, दमक।
संघीय युवा संघ झापाको अध्यक्षमा जीवन राई चयन भएका छन् । शुक्रबार विर्तामोडमा सम्पन्न संघको विस्तारित जिल्ला बैठकले राईको अध्यक्षतामा ३५ सदस्यीय नया जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा देवु गड्तौला, तिलक तामाङ, मनिता राई, सरोज पौडेल र सुरेन लिम्बु, सचिवमा हिमाल लिम्बु, र सहचिवमा लोकराज गुरागाईं चयन भएका संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तथा संगठन विभाग प्रमुख दिपेनवाला राईले जानकारी दिए ।


संघका जिल्ला अध्यक्ष डिल्ली मावोको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा पार्टी केन्द्रीय सदस्य विश्वदिप लिङदेन, जिल्ला उपाध्यक्ष राई, सचिवालय सदस्य सुमन शर्मा, मोहन सेञ्चुरी, संघका केन्द्रीय सदस्य जीवन सिंघक, पाण्डव चौधरी लगायतको विशेष उपस्थिती थियो ।

Comments