२८ पौष, काँकरभिट्टा।
झापाको दुआगढी ५ मा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मे १ त १९२५ नम्बरको ट्याक्टरको ठक्करबाट १० बर्षिय आर्यन बिश्वकर्माको मृत्यु भएको हो।
विहान साढे ९ बजेतिर ट्याक्टरमा पराल ल्याउन भनी बाबु अर्जुन बिश्वकर्माको साथमा खेत गएका १० बर्षिय आर्यन बिश्वकर्मालाई ट्याक्टरले पराल लोड गरी ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका आर्यनको उपचारको क्रममा मनमोहन अस्पताल बिर्तामोडमा बिहान सवा १० बजेतिर बजे मृत्यु भएको हो ।
दुर्घटना गराउने ट्याक्टर तथा ट्याक्टर चालक जिल्ला झापा शनिश्चरे बस्ने गणेश महतोलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ।
Comments
Post a Comment