बन्दकर्ताले लगाए अदुवा बोकेको ट्रकमा आगो



६ माघ, दमक।
बन्दकर्ताले आज विहान झापाको मेचीनगरमा मालबाहक ट्रकमा आगजनी गरेका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका ११ मा ना २ ख ९९२४ नम्बरको ट्रकमा आगजनी भएको हो।
अदुवा लिएर पूर्व जाँदैगरेको ट्रकलाई विहान साढे ३ बजेतिर १०-१२ जनाको संख्यामा आएको बन्दकर्ताको समूहले रोकी पेट्रोल छर्केर आगो लगाई फरार भएको इलाका प्रहरी कांकडभिट्टाले जनाएको छ ।



आगजनीको सूचना पाई खटिएको प्रहरी टोली, स्थानीयवासी र दमकलको प्रयासमा आगो नियन्त्रणमा लिइएपनि ट्रकका पछाडीका टायर जल्दा करिब १ लाख रूपैयाँको क्षति भएको ट्रकका चालक राज कुमार बुढाथोकीले बताएका छन्। घटनामा संलग्न समुहको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।




Comments