प्लाष्टिक 'फ्री' नगर बन्दै दमक

-->
९ माघ, दमक।
झापाको दमक नगरपालिकालाई प्लाष्टिक मुक्त बनाउने अभियान थालिएको छ । दमक नगरपालिकाले वातावरणमैत्री नगरका रुपमा बिकास गर्नका लागि प्लाष्टिक 'फ्री' नगर बनाउन लागेको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले फागुन १ गतेबाट दमकलाई पूर्ण रुपमा प्लाष्टिक मुक्त नगर बनाइने बताए । शुक्रवार दमक उद्योग बाणिज्य संघमा आयोजित सरोकारवालाहरुसँगको अन्तरक्रियामा कार्यकारी अधिकृत दाहालले राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधीहरु सहभागीतामा यस अभियानलाई सशक्त बनाइने उल्लेख गरे । उनले नगरको स्वच्छन्दता र पर्यावरण जोगाइराख्नका लागि प्लाष्टिक मुक्त बनाउनुपर्ने बताए ।

-->
कार्यक्रममा नगरपालिकाका समाजकल्याण शाखाका प्रमुख डम्बर बरालले प्लाष्टिक नियन्त्रण कार्ययोजना पेश गरेका थिए । यस अघि दमकलाई २०६८ मंसीर २० गतेदेखि प्लाष्टिक मुक्त बनाइएपछि प्रभावकारी अनुगमन नहुँदाँ निस्प्रभावी बनेको थियो । दमक उद्योग बाणिज्य संघ, दमक रेडक्रसका प्रतिनिधिसहित बनाइने अनुगमन टोलीले प्लाष्टिक झोला नियन्त्रणका लागि प्रभावकारी काम गर्ने नगरपालिकाले अपेक्षा गरेको छ ।


-->

Comments