बन्दले बिहानैदेखि जनजीवन प्रभावित



अनिल घिसिङ
२८ पौष, बेलबारी।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज आह्वान गरेको थरुहट/थारुवान र मधेस बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ ।
मोर्चाको बन्दका कारण पूर्वपश्चिम राजमार्गको मोरङ खण्डमा लामो तथा छोटो दुरीका कुनै सवारी साधन चल्न सकेनन्।
मोर्चाका कार्यकर्ताहरु बिहानैदेखि सडकमा पार्टीको झण्डा राखेर बेलबारी, विराटचोक, लक्ष्मीमार्ग, गछिया लगायतका चोक–चोकमा बसेका थिए।



सडकमा फाट्ट फुट्ट मोटरसाइकलमात्र चलेका देखिन्थे। हिजोको लिम्बुवान, खम्बुवान, किराँत क्षेत्र बन्द सकिन नपाउँदै फेरि आज गरिएको बन्दले मर्कामा परेको भन्दै सर्वसाधारणले आक्रोश ब्यक्त गरेका छन् ।


Comments