इलेक्ट्रोनिक रिक्साको व्यापारमा बृद्धि




३० पौष, दमक।
झापाको दमकमा इलेक्ट्रोनिक रिक्साको व्यापार बढेको छ । इ-रिक्साको व्यापार बढेसँगै बिगतमा पाइडल रिक्सा चलाएका रिक्सा मजदुरहरु समेत इ-रिक्सा चलाउन थालेका छन् ।
श्रम पनि कम गर्नुपर्ने भएको र समय समेत सदुपयोग हुने भन्दै बिगतमा पाइडल रिक्सा कुदाएका मजदुरहरु पनि अहिले इ-रिक्सा कुदाउन थालेका हुन् ।
इ-रिक्सा बिक्रेता श्रेष्ठ ट्रेड लिङ्क दमकका सञ्चालक राजु श्रेष्ठले विद्युतीय रिक्सा बिक्रीमा ह्वात्तै बृद्धि भएको र यसका खरिद कर्तामा अधिकांश पाइडल रिक्सा चलाउने मजदुरहरु संलग्न रहेको बताए । २ लाख ४० हजार देखि २ लाख ९० हजार रुपैयाँ सम्ममा त्यस्ता रिक्साहरु पाइने गरेको छ ।



रिक्सा चालक चन्द्रप्रसाद ताजपुरीयाले श्रम पनि कम्ती हुने र कमाइसमेत बढी हुने भएका कारण इ-रिक्सा सजिलो हुने बताए । दैनिक २ हजारदेखि ३ हजार रूपैयाँसम्म कमाई गर्न सकिने उनले बताए ।
दमक नगरपालिकाले एक सय रिक्साका लागि आवेदन माग गरेको थियो । त्यसमध्ये ५० जना महिलाहरु अनिवार्य रहनुपर्ने जनाएको छ ।




Comments