इ-रिक्सामा महिला चालक ५० प्रतिशत भनेपनि हालसम्म सुन्य




२९ पौष, दमक।
झापाको दमक नगरपालिकाले नगरमा सञ्चालित इ-रिक्साको दर्ता थालेको छ । नगरपालिकाले इ-रिक्सा चलाउन ५० प्रतिशत महिला अनिबार्य हुनुपर्ने बताएको छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले १ सय वटा दर्ता गर्ने लक्ष्यका साथ दर्ता थालिएको जानकारी दिए । उनले इ-रिक्सा कुदाउन चालक ५० जना महिलाहरु अनिबार्य रहेको समेत बताए । तर ५० बढी दर्ता भईसक्दा एक जना पनि महिलाले त्यस्तो विद्युतीय रिक्सा कुदाएका छैनन् ।



महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि इ-रिक्सा दर्तामा निःशुल्क गरिएको नगरपालिकाले जनाएको छ । दर्ता भएका इ-रिक्साका चालकहरुलाई माघको पहिलो साताबाट तालिम दिइने छ ।
तर दर्ता धमाधम दिएसँगै यात्रु भाडादर मनपरी हुन थालेको छ । दर्ता दिन थालेको दुई सता वितेपनि भाडादर कायम नगर्दा सर्वसाधारणहरु ठगिन थालेका छन् । त्यस्ता इ-रिक्सा सञ्चालनकहरुले आफूखुसी भाडा असुली गर्दै आएका छन् ।
नगरपालिकामा आइतबार सम्म ५० वटा इ-रिक्सा दर्ता भइसकेका छन् ।
यसैवीच विद्युतीय रिक्सा धमाधम दर्तासँगै सञ्चालन हुन थालेपछि परम्परागत रिक्सा विस्थापित हुने अवस्थामा पुगेका छन् । दैनिक १ सय रुपैयाँ बढी किस्ता तिरेर रिक्सा चलाउँदै आएका रिक्सा मजदुरहरु विद्युतीय रिक्साका कारण आफ्नो रोजीरोटी संकटमा पुगेको गुनासो गर्छन् । उनीहरुले रिक्सा र विद्युतीय रिक्साको भाडादर एकै बनाए आफूहरु आन्दोलित हुने मजदुरहरुको चेतावनी छ । दमकमा दैनिक पूरानो रिक्साको संख्या एक हजारका हाराहारीमा रहेको छ ।






Comments