आगलागिमा परी घरधनी घाइते



१ माघ, दमक।
झापाको बुधबारे ९ स्थित एक घरमा गएराति भएको आगलागीमा परी एकजना घाइते भएका छन् ।
राति पौने ९ बजेतिर भान्छामा बालेको चुल्होबाट सल्किएको आगोले पोलेर घरधनी ४५ बर्षीय वैध्य ऋषिदेव घाइते भएका हुन् ।
आगलागिबाट ऋषिदेवको १ तले कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सो आगलागिबाट करिव ७५ हजार रूपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीको भनाई छ।

घाइते ऋषिदेवको अंचल अस्पताल भद्रपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।




Comments