दमकमा दुईवटा आकाशे पुल बन्ने



२७ पौष, दमक।
झापाको दमकमा ठुला दुईवटा आधुनिक आकाशे पुल बन्ने भएको छ । दमकको मुख्य शहरी क्षेत्रका दुई स्थानमा आकाशे पुल बन्ने भएका हुन् । बढ्दो शहरीकरणसँगै सडक सुरक्षामा सघाउ पुर्‍याउन ती पुल निर्माण हुने भएको जनाइएको छ ।
यसको प्रारम्भीक चरणमा आज सरकारी निकायका अधिकारीहरुले स्थलगत अध्ययन गरेका छन् । अध्ययन टोलीमा सभासद् महेन्द्रकुमारी सुब्बा, जिल्ला प्राविधिक कार्यालय झापाका इन्जीनियर सुशील श्रेष्ठ, दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, इन्जीनियर तीर्थनारायण श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहितका टोलीले सो क्षेत्रको सम्भाव्यता अध्ययन गरेका हुन् ।



टोलीले दमकको मुख्य चोकमा पर्ने गणतन्त्र चोक पश्चिम र पूर्वमा बसपार्क प्रवेशद्वारमा आधुनिक आकासे पुल बनाउने प्रारम्भीक अध्ययन गरेको दमक नगरपालिकाका योजना शाखाका प्रमुख डम्बर बरालले जानकारी दिए।
सो योजनाका लागि सांसद विकास कोष, जिल्ला विकास समिति, दमक नगरपालिका, जगेडा कोष लगायतका सरकारी निकायहरुको सहयोग रहने बताइएको छ ।

Comments