अज्ञात समूहको कुटाईबाट शरणार्थी युवा घाइते



५ माघ, पथरी।
मोरङको पथरीशनिश्चरेमा अज्ञात समुहको कुटाईबाट एक भुटानी शरणार्थी युवक घाइते भएका छन्।
हिजो साँझ साढे ६ बजेतिर अज्ञात युवाहरूको एक समूहले पथरीशनिश्चरे नगरपालिका ८ स्थित त्रिबेणी चोकमा भुटानी शरणार्थी शिविरका २१ बर्षिय याम बहादुर मगरलाई कुटपिट गरी घाइते बनाएको हो।

कुटपिटबाट गम्भीर घाइते भएका मगरको आम्दा अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घटनामा संलग्न अभियुक्तहरू फरार रहेकोले उनीरूको खोजतलास भइरहेको प्रहरीको भनाई छ।


Comments