मलेसियामा एक नेपालीको रहस्यमय मृत्यु



रामकुमार परियार, युएई।
वैदेशिक रोजगारीका लागि ६ महिनाअघि मलेसिया पुगेका मोरङ लेटाङका एक युवकको रहस्यमय तरिकाले मृत्यु भएको छ ।
मलेसियाको जोहरबारुस्थित फलासटोनिक कम्पनीमा कार्यरत करिब २७ वर्षका अटल मगरको गएराति मृत्यु भएको त्यहाँबाट उनका साथी रमेश भण्डारीले जानकारी दिएका छ्न्। हिजो दिउँसोको नियमित डिउटी सकेर कोठा फर्किएका मगर सामन्य अवस्थामा खानपिन गरी आराम गरिरहेको अवस्थामा स्वास्थमा असहज महसुस गरेकोले डाक्टर बोलाइदिन भनेपछि डाक्टर लिएर कोठा फर्किँदा मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिएका हुन् ।



राति करिब १० बजे आफुलाई टाउको ज्यादै दुखेकोले डाक्टर बोलाईदिन आग्रह गरेकाले साथीहरू उनलाई कोठामै छोडेर डाक्टर बोलाउन गएको अवस्थामा उनको मृत्यु भएको बताइन्छ । मृतकको शव पोस्टमर्टमको लागि प्रहरीले स्थानीय अस्पताल मा लगेको भण्डारीले बताए ।
मृतकको घरमा श्रीमति र एक छोरी रहेको बताइन्छ ।





Comments