२५ पौष, झिलझिले ।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको प्रथम अधिवेशनले ३९ सदस्यीय शिवसताक्षी नगर कमिटी गठन गरेको छ ।
अधिवेशनले सुरज राईलाई नगर अध्यक्ष चयन गरेको छ । नगर कमिटीको उपाध्यक्षमा सन्तोष थेगिम, सचिवमा क्षितिज लक्सम, सह-सचिवमा दिनेश गजमेर र कोषध्यक्षमा चण्डिका तामाङ्ग रहेका छन् । सदस्यहरु हेमन्त ठाकुर, खगेन्द्र कटुवाल, सानु सम्वाहाम्फे, रेवतीरमण खनाल र लक्ष्मण अधिकारी लगायत रहेको जनाइएको छ ।
अधिवेशन एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकको प्रमुख आतिथ्यमा भएको थियो भने एमाले पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सोम पोर्तेल, युवा संघ नेपाल अञ्चल सचिव प्रत्युष राना, युवा संघ झापाका उपाध्यक्ष त्रिलोचन सापकोटा, ने.क.पा.एमाले क्षेत्र नं. ५ का उपाध्यक्ष रोशन थोप्रा, एमाले नगर संयोजक भैरव कुमार श्रेष्ठ, लक्ष्मी गुरागाई, संघका सदस्य प्रकाश सांवा लगायतको उपस्थिती रहेको थियो ।

Comments
Post a Comment