ट्याक्टरले चक्रपथ भत्काएको गुनासो



१६ माघ, दमक।
झापाको दमक-१६ का स्थानियहरुले मोरङका ट्याक्टरले बालुवा निकालेका कारण दमक चक्रपथ भत्किएको आरोप लगाएका छन् ।
जिल्ला बिकास समितिले ठेक्का नलगाएको दमक तर्फको मावा नदीमा खनेर वालुवा लैजाने गरेका कारण चक्रपथ भत्किन थालेको उनीहरूले बताएका छन् ।
स्थानिय अगुवा झसराज ढकालले मोरङ तर्फका ट्याक्टरहरुले दमकतर्फ आएर बालुवा लैजानाले खोलाको धार कमजोर भई चक्रपथ भत्किन थालेको बताए।

पटक- पटक जानकारी गराउन समेत अटेर गरेका कारण प्रशासनलाई जानकारी गराइएको उनले बताए। स्थानीयहरुले विहीवार प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई दमकमा भेटी घटनाको बिषयमा जानकारी गराएका छन् । जवाफमा पौडेलले घटनाको बिषयमा तथ्य बुझेर कारवाही अगाडी बढाउने आश्वासन दिएका छन् ।






Comments