बेलडाँगीमा पसल चोरी



९ माघ, बेलडाँगी।
दमकको वेलडाँगी बजारमा गएराति एक पसल फुटाएर नगद तथा जिन्सी चोरी भएको छ ।
वेलडाँगी बजारको सव्जी लाइनमा रहेको सर्वाङ्ग शाहको पसलबाट चोरी भएको हो । चोरले नगद, मोवाइलका रिचार्ज कार्ड र जिन्सी गरी १ लाख २५ हजार रूपैयाँ बराबरको सामानहरु चोरेको प्रहरीले अनुमान गरेको छ।


स्थानीय सशस्त्र प्रहरी सुरक्षा वेश बेलडाँगीका अनुसार चोरी गर्ने गिरोहको खोजी कार्य भइरहेको छ ।
रातको समयमा पसलको मुल ढोका फोडेर चोरी भएको पीडित शाहले जानकारी दिएका छन् ।

Comments