रेगिना बनिन् दमक जेसीजको पहिलो महिला अध्यक्ष



३ माघ, दमक।
दमक जेसीजको वर्ष २०१५ का लागि रेगिना भट्टराई अध्यक्षमा निर्वाचित भएकी छिन् । आज सम्पन्न निर्वाचनमा प्रतिद्वन्दी सन्तोष अधिकारीलाई पछिपार्दै ५३ मत ल्याएर उनी अध्यक्ष निर्वाचित भएकी हुन् । अधिकारीले ४९ मत ल्याएका थिए ।
भट्टराई दमक जेसीजको ३५ वर्षको इतिहासमा प्रथम महिला अध्यक्ष निर्वाचन भएको नेपाल जेसीजका कार्यकारणी उपाध्यक्ष प्रकाश अधिकारीले बताए । सन् २००३ बाट जेसीजमा उनी प्रवेश गरेकी भट्टराईले यसअघि महासचिवको जिम्मेवारी सम्हाली सकेकी छिन् ।



कुल १ सय ८ मध्ये १ सय २ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक रमेश अधिकारीले जानकारी दिए । त्यस्तै कार्यकारी उपाध्यक्षमा चन्द्र खत्री र बिमल नेपाल सर्वसम्मत निर्बाचित भएका छन् ।







Comments