समाजको रुपान्तरणका लागि पुस्तकालय खाँचो



३० पौष, दमक।
बिभिन्न साहित्यिक तथा प्राज्ञिक अगुवाहरुले समाजको दिगो र सहि रुपान्तरणका लागि पुस्तकालय आवश्यक रहेकोमा जोड दिएका छन् ।
झापाको दमकस्थित दमक पव्लिक लाइब्रेरीले आज गरेको अन्तरक्रियामा पुस्तकालयहरु ज्ञान र शिक्षाको स्रोत भएकाले नयाँ पुस्ताले यसको उपयोगमा ध्यान दिनु पर्नेमा जोड दिए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गोविन्दराज भट्टराईले पञ्चायतकालमा समेत पुस्तकालयको आवश्यकताका महसुस गरिए पनि त्यस बेलाको शासन प्रतिकुल रहेको उल्लेख गरे। राजनीतिक व्यवस्था परिवर्तन भए पनि शिक्षा र चेतनाको स्तर अपेक्षाकृत हुन नसकेको भन्दै प्रमुख अतिथि रहेका उनले प्रत्येक शहर र टोलमा पुस्तकालय पुग्न अनिवार्य रहेको बताए।




कार्यक्रममा अनुवादक बलराम अधिकारीले नेपाली साहित्यलाई विश्वसामु पुर्‍याउन अनुवाद आवश्यक रहेको भन्दै विश्वस्तरका कृति अध्ययनका लागि पुस्तकालय भरपर्दो केन्द्र हुने बताएका थिए। कार्यक्रममा साहित्यकार प्रकाश बुढाथोकी, उपेन्द्र सुव्वा, प्रकाश आङ्देम्बे लगायतले नयाँ पुस्तामा अध्ययन र सिर्जनाको बानी विकशित भए समाज पनि समृद्ध हुने धारणा राख्नुभएको थियो।
कार्यक्रम पुस्तकालयका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा भएको थियो।



Comments