दुई शरणार्थी युवती वेपत्ता


१५ माघ, बेलडाँगी।
भूटानी शरणार्थी शिविर वेलडाँगी २ बाट एक सातादेखि दुई युवती वेपता भएका छन् ।
गत माघ ८ गतेदेखि घरबाट विना जानकारी वेपत्ता भएको पीडित परिवारका सन्चीमाया राईले बताएकी छिन् ।
वेपत्ता हुनेमा भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर ए/३ घर नं. ९/१० की १८ बर्षीय अन्जना राई र घर नं. ४९ की २५ बर्षीय पुष्पाकुमारी घले रहेका छन् ।




अभिभावकलाई विना जानकारी उनीहरु घरबाट निस्किएको र त्यसको २ दिनपछि प्रहरीमा जानकारी गराउँदासमेत हालसम्म फेला नपरेको पीडित परिवारले जानकारी दिएको छ ।



Comments