महिला संघको पदहस्तान्तरण



१७ माघ, दमक।
नेपाल महिला संघ क्षेत्रीय समिति क्षेत्र नम्बर ७ को नवनिर्वाचित समिति तथा पदाधिकारीहरुको शनिवार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कांग्रेस दमक नगर समितिको कार्यालयमा आयोजित सो कार्यक्रममा हालै महिला संघ क्षेत्रिय समितिका सदस्य तथा पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । संघकी नवनिर्वाचित क्षेत्रिय सभापति रेगीना भट्टराई लगायतका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक राजन ढुंगाना लगायतले प्रमाणपत्र प्रदान गरेका थिए।




नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पार्टी जिल्ला उपसभापति देउमान थेवे, संबिधानसभाका सदस्यद्वय महेन्द्रकुमारी सुब्बा र सरिता प्रसाईंले लोकतान्त्रिक संबिधान निर्माण गर्न कांग्रेसले अझै नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने खाँचो रहेको औंल्याएका थिए।
त्यस्तै, नेपाल महिला संघकी झापा जिल्ला सभापति सुशीला ढकाल, नेका दमक नगर सभापति ढुण्डीराज भण्डारी, क्षेत्रीय सभापति शेरबहादुर भट्टराई लगायतले कांग्रेस बलियो भएमात्र देश बलियो हुने भएकाले शान्ति र नयाँ संबिधानको अभियानमा कांग्रेसले अगुवाई गर्नुपर्ने उल्लेख गरेका थिए।



Comments