राजगढको वजेट झण्डै डेढ करोड




१४ माघ, सुरुङ्गा।
राजगढ गाउँ विकास समिति झापाले चालू आर्थिक वर्षका लागि एक करोड ४१ लाख ७ हजार तीन सय ३८ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
जिल्ला विकास समिति झापाका योजना अधिकृत हेमराज सेढाईंको प्रमुख आतिथ्य र गाविस सचिव तेजप्रसाद रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच बजेट सार्वजनिक गरिएको हो ।
वजेट सार्वजनिक कार्यक्रममा आगामी आर्थिक वर्ष ०७२/७३ का लागि एक करोड १९ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।



गाविसले सार्वजनिक गरेको बजेट कार्यक्रममा अधुरो रहेको गाविसको भवन निर्माण कार्यलाई पूर्णता दिने, सडकको स्तरोन्नति गर्ने, ह्युमपाइप तथा कल्भर्ट निर्माण गर्ने, खुल्ला दिसामुक्त कार्यक्रम घोषणाका लागि प्रवर्द्धन गर्ने, आदिवासी, जनजाति, दलित, मधेशी, मुस्लिम, पिछडावर्ग, महिला तथा वालवालिकाको सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने साथै उनीहरुको सीप तथा क्षमता विकासका लागि कार्यक्रम सञ्चालन गर्ने आदि रहेका छन् ।
गाविस संयन्त्र सदस्य देवी ओझाले स्वागत गरेको कार्यक्रममा पूर्व गाविस सचिव जीवन ढकाल, पूर्व गाविस अध्यक्ष मोतिलाल राजवंशी, नेपाली कांग्रेस राजगढ सभापति टंक साह, संघीय लिम्वुवान पार्टी नेपालका केन्द्रीय सदस्य प्रेम घिमिरे, इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेल, रविना ढकाल लगायतले बोलेका थिए ।





Comments