माईमेलामा जुवातास र मदिरा पूरै निषेध




२५ पौष, सुरुङ्गा।
इलाका प्रहरी कार्यालय सुरुङ्गाको आयोजनामा भएको छलफल कार्यक्रममा कनकाई माईमेलामा जुवातास र मदिरा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको छ। स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि सम्मिलित छलफल कार्यक्रममा कानुनले निषेध गरेका जुवातास र जुवाजन्य खेलहरु, उच्च जोखिमपूर्ण खेलहरु र मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरिएको हो ।
मेलामा हुने भीडभाडलाई मिलाउन ट्राफिक व्यवस्थापन गर्ने, पार्किङको शुल्क उचित रुपमा लिने र सोको जानकारी अग्रिम रुपमा प्रशासनलाई गराउने र माईमेला स्थलमा सहायता कक्ष राख्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका इञ्चार्ज नविनकुमार घिमिरेले जानकारी दिए ।



त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले प्राथमिक स्वास्थ्यको लागि आवश्यक व्यवस्था मिलाउने र मेला अवधिभर माईमेला स्थलमा तयारी अवस्थामा एम्बुलेन्स राख्ने निर्णय भएको बताइएको छ । छलफल कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउत, जिल्ला ट्राफिक कार्यालयका निरीक्षक रोशन आचार्य, कनकाई नगरपालिकाका कार्यकारी अधिकृत सुनिल निरौला, युवा समाजसेवी लीलाप्रसाद चिमरिया, नेपाली कांग्रेसका नेत्रप्रसाद चिमरिया, नेकपा एमालेका बालकृष्ण मैनाली, एमाओवादीका महेन्द्र भट्टराई र सूर्य उप्रेती, नेकपा-माओवादीका पुण्य शिवाकोटी, कनकाई उद्योग वाणिज्य संघका युवराज संग्रौला, सुरुङ्गा जेसीजका शिवकुमार कँडेल, ज्ञान ज्योति युवा क्लबका ज्योति उप्रेती, सुरुङ्गा सहकार्य युवा क्लबका राजकुमार कट्टेल लगायतले मन्तव्य राखेका थिए ।





Comments